
फाइल फोटो
काठमाडौ । भारतमा कोरोनाको नयाँ डेल्टा भेरियन्टको संक्रमण बढ्न थालेपछि बाँकेको जमुनाह नाकामा कडाई गरिएको छ ।
संक्रमण बढेसंगै रोजगारीका लागि भारत गएकाहरु धमाधम फर्कन थालेपछि नाकामा कडाई गरिएको हो । नाकामा सुरक्षाकर्मीहरु परिचालन गरिनुका साथै स्वास्थ्य जाँच गरेपछि मात्र नाका प्रवेश गर्न दिइएको छ ।
जमुनाहा नाकाबाट हाल दैनिक पाँच सय भन्दा बढी नेपालीहरु स्वदेश फर्किरहेका छन् । नयाँ दिल्ली, चण्डीगढ, गुजरात लगायतका भारतीय शहरबाट नेपालीहरु स्वदेश फर्किने क्रम बढेको छ ।
यस्तै दैनिक रुपमा किनमेल गर्न भारत जानेहरुबाट उच्च जोखिम हुने भएकाले त्यसतर्फ पनि कडाई गरिएको बाँके जिल्ला प्रसासन कार्यलयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्