२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


बागलुङमा ब्रेक फेल भएर बस दुर्घटना, ११ जना घाइते


0
Shares

डम्मर बुढा मगर,

बागलुङ । बागलुङमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सोमबार बिहान गलकोट नगरपालिका १ सौराह स्थित मध्यपहाडी लोकमार्गमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

काठमाण्डौबाट बुर्तिबाङ तर्फ जाँदै गरेको बा ५ ख १५५३ नम्बरको रात्री बस ब्रेक फेल भई सडकको कुनामा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।

बसमा सवार चालक सहित २२ जना मध्ये ११ जना यात्रुहरु घाईते भएको र उनीहरुलाई उपचारका लागि धौलागिरी अस्पताल बागलुङ ल्याउँदै गरेको हवारीले बताउनुभयो । अन्य ११ जना सुरक्षित रहेको बताइएको छ ।

घाइते हुनेमा गुल्मीको मुसिकोट नगरपालिका ९ बार्सीकोटका २७ वर्षीय गिरी बहादुर परियार, बागलुङको ढोरपाटन नगरपालिका २ शेराकी ४२ वर्षीया पवित्रा खत्री, गलकोट नगरपालिका ३ गणेशचोकका ७३ वर्षीय हरीलाल खत्री, नवलपारासीको सुनौल ३ आसामबासी टोलका ४८ वर्षीया तारा पुन, गुल्मीको मुसिकोट नगरपालिका २ का ३३ वर्षीयको राजकुमार कुवँर सोही ठाउँकी ३० वर्षीया तारा थापा रहेका छन् ।

यस्तै, बागलुङको बडिगाड गाउँपाकिा २ का १७ वर्षीय विष्णु थापा, भारत घर भई गुल्मी बस्दै आएका १९ वर्षीय अनिल कुवँर, दिलदिप साहनि, बडिगाड गाउँपालिका ६ सिमलचौरका ३९ वर्षीय टेक बहादुर राना र भारत घर भई हाल गुल्मी बस्ने २५ वर्षीय जिलाजित शर्मा घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

चालक गलकोट नगरपालिका वडा नम्बर १ काफलबुटाका ५२ वर्षीय चित्र बहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।