१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पहुँचको आधारमा खोप


0
Shares

जितेन्द्र भण्डारी

पाचँथर । पहिलो चरणको खोप लगाउन आनाकाकी गरिरहेको पाँचथरका स्थानियहरु अहिले खोप लगाउन उत्साहित भएका छन् । ५५ वर्ष माथि उमेर समूहका, शिक्षक, स्वास्थ्यकर्मी, अपाङ्ग लगायतका वर्गका लागि भनेर खोप आए पनि दुरुपयोग गरेको पाईएको छ ।

पहुँचवाला, जनप्रतिनिधी, कर्मचारीका आफन्तजनले खोप लगाएपछि लक्षित वर्ग भने खोप लगाउनबाट छुट्ने हो कि भन्ने चिन्ता छाएको हो । ६ महिनाभित्र आउने भनिएको छ, त्यही समयभित्र आइदिए राम्रो हुने स्थानीय कृष्ण पौडेलले बताउनुभयाे । उहाकाअनुसार भारतको खोप लगाएजस्ताे नभैदिए राम्राे हुन्छ ।

थप खोप नआउने हो कि भन्ने डरले जिल्लामा सबै उमेर समूहका स्थानियहरुको खोप केन्द्रमा भिड लाग्ने गरेको छ । पहुँचवाला ब्यक्तिका आफन्तहरुले खोप पाउने भएपछि आफूहरुले पनि पाउनुपर्ने भन्दै आफूहरु लाईनमा बसेको उनिहरुको भनाई छ । खाेप लगाउन पाइन्छ कि भनेर लाइन बस्न आएकाे उनीहरु बताउँछन् ।

जिल्लामा पठाईएको १३ हजार डोज खोप मध्ये ७० प्रतिशत पनि लक्षीत बर्गमा नपुगेको पाईएको छ । केही स्वास्थ्य संस्थामा केही जनप्रतिनिधी र कर्मचारीले नै खोप लगाउँदा दुरुपयोग गरेको पाइएकोे फिदिम नगरपालिका प्रमुख ओनाहाङले जानकारी दिनुभएको छ ।

यस अघि स्वास्थ्य कार्यालय पाँचथरले खोप लगाउँदै आएकोमा यस पटक जिल्लाका ८ वटै स्थानिय तहबाट लागाईदै आएको छ । पहुँचको आधारमा भन्दा लक्षित समुदाय वर्गका लागि नै प्राथामिकता दिएर खोप लगाउन आवश्यक देखिन्छ ।