
काठमाडौं । ललितपुर महनगरपालिकाले नगर प्रहरी प्रमुख सितराम हाछेथुको सयोजकत्वमा १५ सदस्य एलएमसी पुलिस एक्सन टिम गठन गरेको छ । नगर प्रहरीको सक्रियता बढाएर सेवामा प्रभावकारिता ल्याउन महानगरपालिकाले यो टोली गठन गरेको हो ।
नगरवासीको समस्या समाधानका लागि सहजिकरण गर्न, विपद्मा परेकालाई उद्धार तथा सहयोगलगायतका काममा टोली सक्रिय हुने नगर प्रहरी प्रमुख हाछेथुले जानकारी दिनुभयो ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले महानगरीय प्रहरीलाई आम नागरिकको सहयोग र सुरक्षामा परिचालन गर्ने बताउनुभयो । उहाँले महानगरबासीले आपतविपदको बेलामा प्रहरीले नै सहयोग गर्ने बताउनुभयो ।
प्रहरी टोलीलाई महानगरपालिकाले टोलीलाई ज्याकेट, गोप्रो क्यामेरा र अग्नि नियन्त्रणमा आवइश्यक पर्ने उपकरणहरु पनि वितरण गरिएको छ । महानगरले गठन गरेको उक्त टोलीमा ११ जना पुरुष र ४ जना महिला नगर प्रहरी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्