१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सप्तरीमा मोटरसाईकल दुर्घटनामा दुईको मृत्यु


0
Shares

सप्तहरी । सप्तरीको खडक नगरपालिकामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई जना गम्भिर घाइते भएका छन् ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा २ ख ५६८२ नम्बरको बसलाई स ११ प ४०३८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा मोटरसाइकल बसको बीच भागमा ठोकिएको थियो ।

त्यसपछि अनियन्त्रित भएकै समयमा विपरीत दिशाबाट आउँदै गरेको अर्को मोटरसाइकल उक्त मोटरसाइकलसँग ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा सप्तरीको शम्भुनाथ नगरपालिका ७ बस्ने २८ वर्षीय बुद्धसागर चौधरी र सिरहाको लहान नगरपालिका १७ बस्ने २८ वर्षीय रामशंकर यादवको मृत्यु भएको छ । दुर्घट्ना भएका दुईवटै मोटरसाइकल, बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।