
तस्वीरः प्रधानमन्त्रीको निजी सचिवालय
काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम टुंगो लगाउन सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दैछ ।
बालुवाटारमा बस्ने बैठकले सरकार संचालन कार्यविधि र मन्त्रीहरुको आचारसंहिता पनि टुङ्गो लगाउने नेताहरुले बताएका छन् ।
सरकारको साझा कार्यक्रममा हिजो नै सहमति जुटाउने प्रयास भए पनि आजका लागि थाँती राख्दै बैठक सकिएको थियो ।
साझा कार्यक्रम तयार गरेर केही दिनभित्रै मन्त्रिपरिषदलाई पूर्णता दिने सत्ता गठबन्धनको तयारी छ ।
गत असार २९ गते प्रधानमनत्री बन्नुभएका शेरवहादुर देउवाले अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्