२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने


0
Shares

Samsad-baithak-3rd-Saun2078

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको आठौंअधिवेशनको छैटौं बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

संघीय संसद्का महासचिव भरतराज गौतमका अनुसार आजको बैठकका दुईवटा सम्भावित कार्यसूचीहरू रहेका छन् ।

पहिलो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६/०७७ को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने रहेको छ ।

दोस्रो कार्यसूचीमा तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दार्चुला क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य अकबरबहादुर बहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गर्ने रहेको छ ।