२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


विमला वलीलाई मुख्यमन्त्री शंकर पोखरेलले बन्धक बनाएको माओवादीकाे आरोप


0
Shares

काठमाडौं । लुम्बिनी प्रदेशमा सत्तासंघर्ष उत्कर्षमा पुगेको छ । सत्तारुढ र विपक्षी दुवै पक्ष अल्पमतमा परेपछि सांसदहरु तान्ने खेल शुरु भएको छ ।

८० सदस्यीय प्रदेशसभामा सत्तारुढ दल नेकपा एमालेको पक्षमा ३९ जना र विपक्षीमा सभामुखसहित ४१ जना हुँदा सांसद तानातानको खेल शुरु भएको हो ।

पक्ष र विपक्षमा बराबर भएमात्रै सभामुखले मतदान गर्न पाउने भएकाले विपक्षीहरु अप्ठेरोमा परेका छन् । हिजो आफू एमालेमै रहेको घोषणा गरेकी दाङकी सांसद विमला खत्री वलीलाई मुख्यमन्त्री शंकर पोखरेलले बन्धक बनाएर राखेको आरोप विपक्षीहरुले लगाएका छन् ।

उनलाई मूख्यमन्त्रीको सचिवालयमा बन्धक बनाइएको आरोप माओवादीले विज्ञप्ति मार्फत लगाएको छ ।

माओवादी केन्द्रले तत्काल सांसद वलीको स्थिति सार्वजनिक गर्न र उनको जीवन रक्षा गर्न पनि माग गरेको छ ।

माओवादी केन्द्रका सांसद सुदर्शन बरालले सत्ताको चरम दुरुपयोग गरी वलीलाई मुख्यमन्त्री पोखरलेको निवासमा ‘बन्धक’ बनाएर वा अपहरण गरेर खाली कागजमा हस्ताक्षर गराईएको दाबी गरेका हुन ।