
काठमाडौ । हिमाल पारीको जिल्लामा मनाङमा १८ वर्षमाथिका सबै नागरिकले खोप पाएका छन् ।
जिल्लामा सक्रिय संक्रमित बाहेकका खोप लगाउन योग्य सबै व्यक्तिले कोरोना विरुद्धको खोप लगाएका हुन् ।
जिल्लाका चारवटै स्थानीय तहमा विभिन्न चरणमा खोप अभियान सुरु गरी सबै नागरिकलाई खोप सेवा उपलब्ध गराएको स्वास्थ्य कार्यालय, मनाङले जनाएको छ ।
स्वास्थ्य कार्यालय, मनाङका अनुसार मनाङका ४ हजार १ सय ९८ जनालाई कोरोना विरुद्धको खोप लगाइएको हो । ङिस्याङ गाउँपालिकामा १ हजार २ सय ९१ जनाले खोप लगाएका छन् ।
यस्तै नार्पाभूमि गाउँपालिकामा ४ सय, सदरमुकाम चामेमा १ हजार ४ सय ३७ र नासोङ गाउँपालिकामा १ हजार ७० जनाले कोरोनाको खोप लगाएका हुन् ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा २ हजार २७ जनाले जोन्सन, ७५ जनाले भेरोसेल र अरुले कोभिसिल्ड खोप लगाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्