१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मौद्रिक नीतिको अन्यौल, राष्ट्रबैंकले स्वायत्त संस्थाको हैसियतमा मौद्रिक नीति ल्याउनुपर्ने विज्ञहरुको सुझाव


0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन २०५८ मा मौद्रिक नीति कहिले ल्याउने भनेर निश्चित समय सीमा नतोकिए पनि नयाँ आर्थिक वर्षको शुरुवातमै राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने परम्परा रहिआएको छ । बजेट कार्यान्वयनका लागि मौद्रिक नीति कानुन निर्माण जस्तै हो । तर चालु आर्थिक वर्ष सुरु भएको २० दिन बित्न लाग्दा समेत केन्द्रिय बैंकले मौद्रिक नीति सार्वजनिक गर्न सकेको छैन ।

यसबिचमा अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकको मौद्रिक नीति नरोकेको र रोक्नका लागि आफ्नो कुनै भुमीका रहेको दाबी गर्दै आउनुभएको छ । तर राष्ट्र बैकले मौद्रिक नीति कहिलेसम्म सार्वजनिक गर्ने भनेर सञ्चालक समितिको निर्णय कुरीरहेको बताएको छ । यद्यपी कहिले मौैद्रिक नीति सार्वजनिक हुने भने अनिश्चित छ ।

मुलुकको वित्तिय स्थायित्व कायम गरि मौद्रिक व्यवस्थापनको मुख्य काम मौद्रिक नीतिको हुन्छ । समयमै मौद्रिक नीति जारी हुन नसक्दा वित्तिय स्थायित्वमा खलल पुग्नुका साथै नीतिगत अस्थिरता हुने र राष्ट्र बैंकको स्वायत्तत्तामै आँच आउन सक्ने पुर्व गर्भनर डा. चिरन्जीवी नेपाल बताउँनुहुन्छ ।

मौद्रिक नीति समयमै आउन नसक्दा राष्ट्र बैंक प्रतिको विश्वास घट्नुका साथै अन्तर्राष्ट्रिय साखमा समेत गिरावट आउने पूर्व गभर्नर नेपालको तर्क छ । राष्ट्र बैंक स्वायत्त संस्था भएकाले पनि आवाश्यकता अनुसार मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने अर्थविद् डा. अच्युत वाग्ले बताउँनुहुन्छ ।

बजेट कार्यान्वयनका लागि मात्रै नभई कोभिड प्रभावित थुप्रै क्षेत्रले मौद्रिक नीति पर्खिरहेका छन् । त्यसैले संशोधित बजेटमा हुने परिवर्तनलाई त्रैमासिक समीक्षाबाट सम्बोधन गर्ने गरी भए पनि मौद्रिक नीति तत्काल ल्याउनुमै सवै पक्षको हीत हुने देखिन्छ ।