२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


ओली भेट्नु अघि नेपालले भेटे दाहाललाई


0
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

आज बिहान प्रचण्ड र नेता नेपालबीच कोटेश्वरस्थित एक नेताको निवासमा भेटघाट भएको हो । दुवै नेताबीच करिब एक घण्टा छलफल भएको थियो ।

दुवै नेताबीच पछिल्लो राजनीतिक अवस्था र सरकारको न्यूनतम साझा कार्यक्रम लगायतका विषयमा छलफल भएको हो । दुई नेताबीच छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । तर छलफलको विषयवस्तुबारे भने खुलाइएको छैन ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच भेटवार्ता हुने चर्चा चलिरहेका बेला दुई नेताको भेट भएको हो । ओली र नेपालबीच आज भेटवार्ताको तयारी रहेको नेताहरुले बताएका छन् ।