१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अफगानिस्तानका रक्षामन्त्रीको निवासमा कार बम विष्फोट, चारको मृत्यु, रक्षामन्त्री मोहमदी भने बच्न सफल


0
Shares

काठमाडौं । अफगानिस्तानमा बिद्रोही समुह तालीवानले रक्षा मन्त्रीको निबासमा गराएको कार बम बिस्फोटमा चार जनाको मृत्यु भएको छ । घटनाका बेला रक्षामन्त्री बिस्मिल्लाह खान मोहमदी भने घरमा नरहेकाले बच्न सफल हुनुभएको छ ।

घटना लगत्तै रक्षामन्त्री मोहमदीको परिवारलाई सकुशल उद्धार गरिएको छ । रक्षामन्त्रीको निवास परिसरमा बिस्फोट पदार्थ सहतिको कार बिस्फोट भएको जनाइएको छ ।

बिस्फोटबाट दर्जनौ सवारी साधन ध्वस्त भएका छन् । सोही समय भएको गोली हानाहानमा चार आक्रमणकारी पनि मारिएका छन् ।

यसैबीच संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले अफगानिस्तानमा जारी हिंसा तत्काल अन्त्य गर्न आब्हान गरेको छ ।

अफगानिस्तानमा जारी संघर्षकाबीच चेपुवामा परेका जनता राजधानी काबुल र लश्करगाह शहरका सडक र घरका छानामा बसेर देशमा जारी हिंसा अन्त्य गर्न भवगानलाई पुकार्न थालेका छन् ।

उनीहरुले एकसाथ आफना घर घरका छानामा बसी भगवानको नाम लिन थालेका छन् । अफगानिस्तानमा पछिल्लो समय आक्रमणका घटना दिनानु दिन बढ्दै गईरहेका छन् ।