२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


छथर जोरपाटी गाउँपालिकाले कृषि ब्यवसायका लागि किसानलाई सापटी रकम दिने


0
Shares

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले कृषि ब्यवसायका लागि किसानहरुलाई सापटी रकम उपलब्ध गराएको छ ।

गाउँपालिकाले कृषि व्यवसायका लागि कोष तयार गरी १७ जना किसानलाई ३० लाख रुपैयाँ सापटी दिएको छ ।

ब्यावसायीक योजना हेरी एकजना किसानलाई अधिकतम दुइ लाख ५० हजार रुपैयाँ सम्म प्रदान गरिएको छ । यो बर्ष गाउँपालिकाले सापटी कोषका लागि २० लाख रुपैयाँ बिनियोजन गरेको छ ।

प्राकृतिक प्रकोप र बजार अभावका कारण उत्पादनमा नोक्सानी भए लागतको ३० प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराउने पनि गाउँपालिकाले जनाएको छ ।