१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सत्तारुढ गठबन्धनकाे कार्यदल बैठक बालुवाटारमा जारी, सरकार सञ्चालन कार्यविधि प्रतिवेदन तयार पारिँदै


0
Shares

काठमाडौं । सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालन कार्यविधि, सरकार सञ्चालन आचार संहिता बनाउने जिम्मेवारी पाएको सत्तारुढ गठबन्धन कार्यदलको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले आज प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी गरेको बताइएको छ ।

मंगलबार साँझ बालुवाटरमा बसेको शीर्ष नेताहरूको बैठकले बुधबार नै प्रतिवेदन बुझाइसक्न कार्यदललाई निर्देशन दिएको थियो ।

तर कार्यदलले प्रतिवेदन तयार पारेर बुझाउन नसक्दा मन्त्रिपरिषद् विस्तार रोकिएको छ । कार्यदलले प्रतिवेदन बुझाएपछि मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्ने सत्तारुढ दलका नेताहरुले बताएका छन् ।