
तेह्रथुम । कांग्रेसको १४ औँ महाधिवेशनको सरगर्मी बढ्दै जाँदा केन्द्रमा मात्रै होइन, प्रदेश, जिल्ला र स्थानीय तहसम्म पनि आकांक्षीहरु खुलिरहेका छन् ।
आफुले चाहेको पदमा उम्मेदवारी घोषणा गर्नेहरुको संख्या बढ्दो छ । यसैबीच, प्रदेश १ को सभापति पदमा गोविन्द ढुंगानाले पनि दाबेदारी प्रस्तुत गर्नुभएको छ ।
उहाँ हाल तेह्रथुमका जिल्ला सभापति हुहुहुन्छ । जिल्ला कार्यसमितिमा आठ वर्षसम्म सचिव, तीन वर्ष सह–सभापति काम गरेका ढुंगानाले जिल्ला सभापतिको रुपमा समेत १६ वर्षसम्म काम गरिसक्नुभएको छ । प्रदेश १ को सभापतिमै अमृत अर्याल, राजीव कोइराला र उद्धव थापाले पनि दाबी गरिरहेका छन् ।
मोरङको दुई कार्यकालसम्म सभापति भएका अर्याल अहिले केन्द्रीय समिति सदस्य हुनुहुन्छ । कोइराला सुनसरीका सभापति र प्रदेश १ का कांग्रेसको संसदीय दलका नेता हुनुहुन्छ । त्यस्तै, थापा झापाका सभापति हुनुहुन्छ ।
यसरी प्रदेश १ को सभापतिमा चार जनाको दाबेदारी देखिएको छ । अर्याल सभापति शेरबहादुर देउवासँग निकट छन् । अरु सबै इत्तरसमूहका हुन् । झापाका थापा भने सिटौलासँग छन् ।
प्रतिक्रिया दिनुहोस्