
काठमाडौं । नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध माओवादी अध्यक्ष पुष्पकमल दाहालले भ्याकेट निवेदन दर्ता गराउनुभएको छ ।
सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि एमाले रोजेका विभिन्न जिल्लाका मेयर, उपमेयर, गाउँपालिकाका पदाधिकारीलाई माओवादी केन्द्रले कारवाही गरी निर्वाचन आयोगबाट पदमुक्त गराएको थियो । पदमुक्त भएका जनप्रतिनिधिलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत पुनर्बहाली गरेकोमा माओवादी अध्यक्ष दाहाल अन्तरिम आदेश खारेजीको माग लिएर अदालत जानुभएको हो ।
दाहालको भ्याकेट निवेदनमाथि बिहीबार आनन्दमोहन भट्टराई, बमकमुार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासमा सुनुवाइका हुँदैछ । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह, कटहरीयाका मेयर सियराम कुशवाहलगायत वडाध्यक्षदेखि मेयरसम्मका ४१ जना जनप्रतिनिधि माओवादी छाडेर एमालेमा प्रवेश गरेका थिए । उनीहरू सबैलाई अदालतले पुनर्बहाली गरेकाले सो अन्तरिम आदेश खारेजीका लागि दाहालले भ्याकेट निवेदन दिनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्