५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


बार्सिलोना पराजित


0
Shares

एजेन्सी । प्रि–सिजनको मैत्रीपूर्ण खेलमा क्याटलान क्लब बार्सिलोना अष्ट्रियन क्लब रेडबुल साल्जवर्गसँग पराजित भएको छ ।

बार्सिलोना घरेलु टोली साल्जवर्गसँग २–१ को गोलअन्तरले पराजित भएको हो । रेडबुल एरिना वाल्स सिजनेहेइनमा गएराति भएको खेलमा घरेलु टोलीको जितमा लुका सुसिस र ब्रेन्डेन आरोनसनले गोल गर्दा बार्सिलोनाका लागि मार्टिन ब्रेथवेटले एक गोल फर्काए ।

बार्सिलोनाले अब अगस्ट ८ मा जोन ग्याम्पर ट्रफीमा इटालियन क्लब युभेन्ट्ससँग खेल्नेछ । त्यसपछि बार्सिलोना नयाँ सिजनमा होमिनेछ । साल्जवर्गले अष्ट्रिय वेइनसँग अष्ट्रियन बुन्डेसलिगामा तेस्रो राउन्डको खेल खेल्नेछ ।