१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गरिबीको रेखामुनि रहेको जनतालाई निःशुल्क विद्युत् पुर्याउने उर्जामन्त्रीको भनाइ


0
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपयोग गर्न दिइने बताउनुभएको छ ।

पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीहरूसँग मन्त्रालयमा भएको छलफलमा मन्त्री भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपभोग गर्न दिने गरी आफूले तयारी अगाडी बढाएको बताउनुभयो । विद्युत्को घरेलु उपयोग जसले बढी गर्छ उसलाई विद्युत् महशुल पनि कम गर्ने नीति अख्तियार गर्न लोगको उहाँले बताउनुभयो ।

ऊर्जा मन्त्री भुसालले सबै कृषियोग्य भूमिमा सिँचाइ पु¥याउनको निम्ति पनि आफू क्रियाशील रहने बताउनुभयो । सिँचाइको निःशुल्क सेवा दिन सके विदेशी तेल खपत गरेर पम्प, मोटर चलाउनुपर्ने अवस्थाको अन्त्य हुने र राष्ट्रिय अर्थतन्त्र बढ्ने उहाँले बताउनुभयो ।

सिँचाइको सुविधा पु¥याएर युवा जनशक्तिलाई कृषिमा आर्कषित गर्ने योजना रहेको उहाँले उल्लेख गर्नुभयो । मन्त्री भुसालले सातै प्रदेशका नदीबाट विद्युत् उत्पादनका अध्ययन गरिरहेको पनि बताउनुभयो ।