१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसमा महाधिवेशनको चटारो, पौडेल समूहको भेला सुरु


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल समूहको भेला सुरु भएको छ । नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा पौडेल पक्षका नेताहरू छलफलमा सहभागी भएका हुन् ।

पार्टीको १४ औं महाधिवेशन अनिश्चित बन्दै गएपछि पौडेल समूहका नेता छलफलमा जुटेका हुन् । कांग्रेसमा क्रियाशील सदस्यता विवाद अझै मिल्न सकेको छैन । जसका कारण भदौ १६ गतेबाट महाधिवेशन गर्ने गरी ल्याइएको कार्यतालिका प्रभावित बनेको छ ।

पौडेल पक्षले विवाद ठाँउको क्रियाशील थाँती राखेर १३ औं महाधिवेशनका क्रियाशील सदस्यबाटै महाधिवेशन गर्नुपर्ने बताउँदै आएको छ ।