१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चितुवाको छालासहित प्यूठानमा तीन जना पक्राउ


0
Shares

प्यूठान । प्यूठानमा चितुवाको छालासहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झिमरुक गाउँपालिका–१ का वर्षीय अविनाश पुन, सरुमारनी गाउँपालिका–१ बाङ्गेशालका ३२ वर्षीय छविलाल परियार र दाङ राजपुर गाउँपालिका–१ का २८ वर्षीय इन्द्रबहादुर खड्का रहेका छन् ।

इलाका प्रहरी कार्यालय बिजुवार र लुम्बिनी प्रदेश अनुसन्धान समूहको संयुक्त टोलीले उनीहरूलाई प्यूठान नगरपालिका–८ बाग्दुलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

उनीहरूको साथबाट ६ फिट ६ इन्च लम्बाइ र २ फिट २ इन्च चौडाइको छाला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनुभयो । पक्राउ परेकाहरूलाई अनुसन्धानका लागि डिभिजन वन कार्यालय पठाइएको छ ।