
काठमाडौं । नेपालमा थप ३९ सय ३८ जनामा कोभिड–१९ संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ४ सय ८ जनामा गरिएको परीक्षणमा ३९ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएकामा उपत्यकाका मात्रै १ हजार ७५ जना रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ७ सय ६६, भक्तपुरमा १ सय ४६ र ललितपुरमा १ सय ६३ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ७ लाख ८ हजार ७९ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १२ जना संक्रमणमुक्त भएका हुन् । हालसम्म निको हुनेको संख्या ६ लाख ६३ हजार ६ सय ६३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४ सय २२ रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोभिडबाट ३७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ९ सय ९४ पुगेको छ ।
देशभर ३४ हजार ४ सय २२ जना सक्रिय संक्रमित छन् । जसमध्ये ३१ हजार १ सय ८ जना होम आइसोलेसन, ३ हजार ३ सय १४ जना संस्थागत आइसोलेसन छन् । ७ सय १३ जना आईसीयूमा राखेर उपचार हुँदा १ सय ५८ जनाको भेन्टिलेटरमा छन् ।
प्रतिक्रिया दिनुहोस्