२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


जसपा ठाकुर पक्षको चार जिल्लामा विस्तारित बैठक बस्दै


0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी ,नेपाल (जसपा) काे महन्थ ठाकुर पक्षको चार वटा जिल्लामा विस्तारित बैठक आयोजना गरिएको छ।

ठाकुर पक्षको सप्तरी, सिराहा, महोत्तरी र बारा जिल्लामा आज विस्तारित बैठक आयोजना गरिएको हो ।

बैठकलाई सम्बाेधन गर्न केन्द्रीय नेताहरु जिल्ला जाँदैछन् ।

सप्तरीमा राजेन्द्र महतो, केशव झा, वृषेश चन्द्र लाल र राजिव झा, सिरहामा अनिल कुमार झा, डा. सुरेन्द्र झा, उमाशंकर अरगरिया र जयनुल राइन, महोत्तरीमा महन्थ ठाकुर , शरतसिंह भण्डारी , निर्जला राउत, बरामा लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, बाबुलाल साह र रमेश पटेलले विस्तारित बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।