
राजेश जिसी
प्यूठान । प्यूठानको माण्डवी र दाङको बंगचुली गाउँपालिकाको सिमा क्षेत्रमा पर्ने ऐतिहासिक,धार्मिक,पर्यटकीय स्थल बंगलाचुली लेक पछिल्लो समय आन्तरिक पर्यटकको केन्द्र बन्दै गएको छ । कोरोना भाइरसको संक्रमण मत्थर नहुँदै बंगलाचुलीमा आन्तरिक पर्यटकको घुइचो लाग्न थालेको हो ।
चिसो हावापानी,हरियाली र प्यूठानको धार्मिक स्थल स्वर्गद्धारी र हिमालसँगै दक्षिणतीर तराईका विभिन्न फाँटहरु यहाँबाट देख्न सकिने भएकोले बंगाचुली पर्यटकको केन्द्र बनेको हो । अहिले बंगचुलीमा सातै दिन पर्यटकको घुईचो देख्न सकीने गणेशबहादुर थापाले बताउनुभयो ।
समुद्री सतहदेखी १८ सय मिटरको उचाईमा रहेको यो स्थानमा पुग्न दाङको मुर्कुटीबाट कच्ची बाटो छिचोल्दै उकालो चढ्पछि बंगाचुली लेक पुग्न सकिन्छ ।
विभिन्न भौतिक संचनाहरु भ्यू–टावर, प्रतीक्षालय, नाचघर, पार्क, भ्यू–टावर संरक्षणकालागि पर्खाल, गेट र हिँडडुल गर्नका लागि पक्कीबाटो लगायतका संरचनाहरु निर्माण गरिएसँगै आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको हो । यस लेकबाट प्यूठान,रोल्पा, दाङका केहि स्थानसहित भारतको गोरखपुर समेत देखिने र गर्मी छल्न पर्यटकहरु यो लेक पुग्ने गरेका छन् ।
बंगलाचुली लेकमा अन्य भौतिक संरचना निर्माण गरि प्रचारप्रसार गर्न सके आन्तरिकका साथै बाह्य पर्यटकलाई आकर्षित गर्न सकीने थियो । त्यसैले यस ठाउँको पर्यटकीय बिकासको लागि स्थानीयबासिन्दा जागरुक हुन् पर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्