
पाँचथर । जिल्लामा पूर्ण रुपमा लकडाउन गर्न व्यवसायीले माग गरेका छन् ।
कोरोना संक्रमितको दर दैनिक रुपमा बढ्न थालेपछि व्यवसायीहरूले लकडाउन गर्न माग गरेका हुन् । उनीहरूले लकडाउनको माग गर्दै जिल्ला प्रशासन कार्यालय पाँचथरमा ज्ञापनपत्र समेत बुझाएका छन् ।
कोरोना संक्रमण दर घट्नुका साटो बढ्न थालेपछि आजबाट दुई हप्ता पूर्ण रुपमा लकडाउन गर्न व्यवसायीहरूले माग गरेका हुन् । प्रशासनले २०७८ वैशाख २७ गतेदेखि निरन्तर निषेधाज्ञा जारी गरे पनि कार्यान्वयन फितलो हुँदा कोरोना संक्रमण फैलिएको व्यवसायीहरूको गुनासो छ ।
यातायातका साधन आवागमन र वित्तीय संस्था पनि बन्द गरी पूर्ण लकडाउन गर्नु पर्ने उनीहरूको माग छ । निमित्त प्रमुख जिल्ला अधिकारी रामप्रसाद ओलीले सबैसँगको छलफलपछि निषेधाज्ञालाई थप कडाई गरीने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्