
सञ्जय कार्की
रौतहट । श्रीमतीको निधन भएपछि प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिना आफैँ किरिया बस्नुभएको छ । श्रीमती रेणु तिमल्सिनाको बिहीबार ४९ वर्षको उमेरमा निधन भएको थियो ।
तीन छोरी रहेको तिमल्सिनाले श्रीमतीको दाहसंस्कार समेत आफैँले गर्नुभएको थियो । उहाँका छोरा छैनन् । सामाजिक परम्परालाई तोड्दै स्थानीय ब्राम्हणको सल्लाहमानै उहाँ काजकिरियामा बस्नुभएको हो ।
पछिल्लो समय छोरा नभएका आमाबुवाको निधन हुँदा छोरी समेत १३औँ दिनको किरियामा बस्ने थालेको अवस्थामा उहाँ भने श्रीमतीको निधन भएपछि किरियामा बस्नुभएको उहाँको स्वकीय सचिव मुकेश गिरीले बताउनुभयो । हिन्दु धर्ममा श्रीमतीको किरिया बस्ने परम्परा छैन ।
तिमल्सिनाले रौतहटको क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसबाट प्रतिनिधिसभा निर्वाचनमा जित हासिल गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्