
नवलपुर । नेपाली कांग्रेसका महामंन्त्री डा शशांक कोइरालाले अवको महाधिवेशन एकतापूर्ण हुन आवश्यक रहेको बताउनुभएको छ ।
शुक्रवार नवलपुरको कावासोतीमा खुशु फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री डा. कोइरालाले एकता भएकै कारण कांग्रेस बलियो पार्टी भएकाले आगामी महाधिवेशनमा पनि एकता आवश्यक रहेको बताउनुभयो ।
कांग्रेसमा गुट–उपगुट भन्दा पनि एक भएर अघि बढ्नुपर्ने बेला आएको उहाँको भनाइ छ ।
महामन्त्री डा. कोइरालाले वीपीकै समयदेखि कांग्रेसमा देश विकासको भिजन भएकाले कांग्रेस सरकारले मुलुकमा विकास गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्