१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रहरी हिरासतमा युवकको मृत्यु, शरीरभरी निलडाम


0
Shares

सिन्धुपाल्चोक । सहकारीको पैसा चोरी गरेको आरोपमा पक्राउ परेका युवकको प्रहरी हिरासतमा मृत्यु भएको छ ।

चोरीको आरोपमा बाह्रबिसे ईलाका प्रहरीले चारदिनअघि पक्राउ गरेको युवकको प्रहरी हिरासतमै मृत्यु भएको हो । मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका–७ का बसेला तामाङ रहेका छन् । उनलाई प्रहरीले साउन १८ गते पक्राउ गरेर हिरासतमा राखेको थियो ।

अनुसन्धानका लागि हिरासतमा राखिएको तामाङको प्रहरीको कुटपिटबाट मृत्यु भएको आफन्त र स्थानीयको आरोप छ । सार्वजनिक केही तस्वीरमा मृतक तामाङको शरीरभरी निलडाम देखिएको छ । प्रहरीले हिरासतमा राख्दा कुटपिट गरेर मारेको भन्दै स्थानीय र आफन्त आक्रोशित भएका छन् ।

तर, ईलाका प्रहरी कार्यालय बाह्रबिसेले भने हिरासतमा मृत्यु नभएको दावी गरेको छ । स्वास्थ्य अवस्था खराब भएका तामाङलाई धुलिखेल अस्पताल लगिएकोमा अस्पताल पुगेपछि मृत्यु भएको प्रहरीको भनाइ छ ।

तामाङको मृत्युको वास्तविकता बारे बुझ्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षकको टोली बाह्रबिसे पुगेको छ । टोलीले प्रारम्भिक अनुसन्धान गरिरहेको प्रहरी स्रोतले जनाएको छ ।

तामाङको स्वास्थ्य अवस्था पक्राउ पर्नुअघि राम्रो रहेको स्थानीयको भनाइ छ ।