१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


‘नेपाल मास्क’ अभियान आजदेखि सुरु


0
Shares

काठमाडौं । सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न ‘नेपाल मास्क’ अभियान आज देखि सुरु गर्दैछ ।

मास्क लगाउने उपाय, महत्ववारे जनचेतना फैलाउने उद्देश्य राखिएको अभियान सुरु गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अभियानको आज औपचारिक उद्घाटन गरी दैनिक रुपमा जनचेतनमूलक सामाग्रीहरुको उत्पादन, प्रसारण जनचेतनामूलक सांगीतिक कन्सर्ट आदि विभिन्न कार्यक्रम गरी साताव्यापी रुपमा मनाइने कार्यक्रम रहेको बताइएकाे छ ।

अभियान २९ गतेसम्म सञ्चालन हुनेछ । मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जनस्वास्थ्यको मापदण्डमा कडाइ गर्न म पनि मास्क लगाउछु, अरुलाई पनि लगाउन प्रेरित गर्छु म जिम्मेवार नेपाली भन्ने नारासहित अभियान सुरु गर्न लागेको जानकारी दिनुभयो ।

कोरोना संक्रमण नियन्त्रण गराउन मास्क नै प्रमुख उपाय हो । तर मास्कको सहि तरिकाले प्रयोग गर्ने र प्रयोग किन गर्नु पर्छ भन्नेबारे धेरै व्यक्ति अनविज्ञ रहेको पाइएको छ ।

मन्त्रालयले शुक्रबार गरेको भर्चुयल पत्रकार सम्मेलनमा संक्रमण नियन्त्रणका लागि जनचेतना फैलाउन देशव्यापी रुपमा मास्क अभियान कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिएको हो ।