१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुदूरपश्चिम सरकारद्वारा पूर्वपश्चिम राजमार्गमा सिसिटिभी जडान


0
Shares

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले मुख्य राजमार्गमा सिसीटिभी क्यामेरा जडान गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म सिसीटिभी क्यामेरा जडान गरेको हाे ।

आर्थिक वर्ष २०७७/०७८ को मन्त्रालयको कार्यक्रमअन्तर्गत एक करोड ५१ लाख रुपेयाको लागतमा सिसीटिभी क्यामेरा जडान गरिएको हो ।

आपराधिक क्रियाकलाप नियन्त्रण, अपराध अनुसन्धान तथा सडकमा हुने ट्राफिक जाम र सडक दुर्घटना न्यूनिकरणमा सघाउ पुर्‍याउने उद्देश्यले सिसीटिभी क्यामेरा जडान गरिएको बताइएको छ ।

सडकका संवेदनशील क्षेत्रको पहिचान गरी १ सय ३८ सिसीटिभी क्यामेरा जडान गरिएको हो ।