१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुर्खेतमा अवैध खाद्यान्न र सुर्तीजन्य पदार्थ बरामद, ट्रक चालक पक्राउ


0
Shares

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतसिथत अस्थायी प्रहरी पोष्ट बबइले १४ लाख ७५ हजार रुपैयाँ बराबरको अवैध खाद्य तथा सुर्तीजन्य बरामद गरेको छ ।

प्रहरीले नेपालगञ्जदेखि सुर्खेत जाँदै गरेको रा १ क ११५६ नम्बरको ट्रकबाट अवैध खाद्य र सुर्तीजन्य पदार्थ बरामद गरेको हो ।

सुर्तीजन्य पदार्थ बोकेको ट्रकसहित रोल्पाका ट्रक चालक खुमबहादुर पुनमगरलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।