
काठमाडौं । जनता समाजवादी पार्टीका नेता केशव झाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै कारण मुलुकमा राजनीतिक अस्थिरता आएको आरोप लगाउनुभएको छ ।
शनिबार झापामा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता झाले मुलकलाई राजनीतिक अस्थिरता पुर्याउनुको मुख्य खेलाडी प्रचण्ड भएको आरोप लगाउनुभयो । २०६४ पछिको हरेकजसोको सत्तामा प्रचण्डको साझेदारी रहेको स्मरण गर्दै उहाँले प्रचण्डकै कारण मुलुकमा राजनीतिक अस्थिरता नआएको बताउनुभयो ।
नेता झाले मुलुकको मुख्य समस्या भनेको आन्तरिक उपनिवेशवाद भएको बताउँदै अहिलेको मुख्य चुनौती एकल जातिय राज्य भएकालाई यसलाई बदल्नुपर्ने धारणा राख्नुभयो । उहाँले अपूर्ण रहेको संविधानको पूर्णताको निम्ति संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । खासगरी मुलुकमा दस प्लस एक राज्यको स्थापना गर्नुपर्नेमा नेता झाले जोड दिनुभयो ।
बहुल राष्ट्रिय राज्यको स्थापना अहिलेको मुख्य कार्यभार रहेको नेता झाको भनाइ छ । उत्पीडित जातजाति र समुदायको सम्पूर्ण समस्याको समाधानको लागि राष्ट्रिय मुक्ति क्रान्ति अहिलेको मुख्य अभिभारा भएको उहाँको तर्क छ । उहाँले नेता तथा कार्यकर्तार्लाई अविचलित भएर राष्ट्रिय मुक्ति क्रान्तिको अभियानमा अगाडि बढ्न आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्