२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कक्षा १२ को परीक्षा स्थगित


0
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

अब परीक्षा हुनुभन्दा १५ दिनअगाडि सूचना दिएर अर्को मिति तोकिने बोर्डले जनाएको छ ।

कोरोना संक्रमण फैलिँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै तहका परीक्षा स्थगित गर्न सिफरिस गरेको थियो । कक्षा १२ को परीक्षा साउन ३२ गतेदेखि सञ्चालन गर्ने मिति तय भएको थियाे ।

केही दिनअघि स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमण बढ्दै गएकाले आन्तरिक मुल्याकंनका आधारमा नतिजा सार्वजनिक गर्न शिक्षा मन्त्रालयसँग समन्वय गर्ने बताउनुभएको थियो । स्वास्थ्य मन्त्रालयले सिसिएमसीलाई सबै परीक्षा स्थगत गर्न सिफारिस गरेको छ ।

परीक्षाको लागि बोर्ड पूर्ण रुपमा तयार रहेको र एक बेन्चमा एकजना विद्यार्थी राखेर स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न तयार रहेको जनाएको थियो । विद्यार्थी, शिक्षक लगायतका शिक्षा सम्बद्ध व्यक्तिहरुले परीक्षा स्थगित गर्न दबाब दिएका थिए ।

यस पटकको परीक्षामा तीन लाख ७२ हजार तीन सय ४८ परीक्षार्थीका लागि बोर्डले चार हजार तीन सय १० परीक्षा केन्द्र तय भएको थियो ।

बोर्डको बैठकले एसईईको परीक्षाको नतिजा पनि सार्वजनिक गर्ने निर्णय गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो ।

आफ्नो सिम्बोल नम्बर लेखेर ५ रुपैयाँ शुल्कसहित १६०० मा म्यासेज गरी नतिजा प्राप्त गर्न सकिन्छ । यस्तै नेपाल टेलिकम र एनसेलको वेवसाइटमा गइ आफ्नो नतिजा निःशुल्क हेर्न सकिन्छ ।