
काठमाडौं । २०७७ को माध्यमिक शिक्षा परीक्षा(एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयले गरेको आन्तरिक मुल्याङ्कनलाई प्रमाणीकरण गरेको हो ।
नतिजाको विस्तृत विवरण आउन भने केही समय लाग्ने बोर्डले जनाएको छ । शिक्षा विकास तथा समन्वय एकाइले बोर्डमा पठाएको प्राप्तांक विवरणलाई प्रमाणीकरण गरेर नतिजा सार्वजनिक गरिएको हो । नतिजा सार्वजनिक गनुअघि बोर्डको बैठक बसेको थियो ।
विद्यालयको आन्तरिक मूल्यांकनलाई प्रमाणीकरण गरेको हुनाले बोर्डले यो वर्ष पनि नतिजा विश्लेषण नगरिएको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
नतिजा के कस्तो हुन्छ भनेर विद्यालयलाई पहिले नै जानकारी हुने भएकाले नतिजा विश्लेषण गर्नुको अर्थ नरहेको बोर्डले जनाएको छ ।
नतिजा बोर्डको अफिसियल वेबसाइटबाट, नेपाल टेलिकम, एनसेल लगायत विभिन्न वेबसाइटमार्फत हेर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्