२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अफगानिस्तान छाडेर स्वदेश फर्कन नागरिकलाई अमेरिकाको आग्रह


0
Shares

एजेन्सी । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्किन आग्रह गरेको छ । तालिबानले हिंसात्मक घटनामा वृद्धि गरेपछि अमेरिकाले आफ्ना नागरिकलाई स्वदेश फर्कन आग्रह गरको हो ।

काबुलस्थित अमेरिकी दूताबासले एक वक्तव्य जारी गरी सुरक्षा अवस्था, कर्मचारीमा कटौती, दूतावासको काबुलभित्रै पनि सहयोग गर्ने क्षमता सीमित भएकोले उपलब्ध व्यावसायिक उडानबाट तुरुन्त अफगानिस्तान छाड्न अमेरिकाले आफ्ना नागरिकलाई जोड दिएको छ ।

शुक्रबार नियमित मीडिया ब्रिफिङमा समेत व्हाइट हाउसका प्रवक्ता जेन साकीले अमेरिकाले प्रतिशोधको भावनाबाट सर्वसाधारणको हत्या भइरहेको घटनालाई नजिकबाट नियालिरहेको बताउनुभएको थियो ।