
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
१३ हजार ५ सय ७३ नमूना परीक्षणमा ३ हजार २ सय १८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थपिएकामा काठमाडौं उपत्यकाका मात्रै ९ सय १० जना रहेका छन् । जसमा काठमाडौंमा ५ सय ९३, ललितपुरमा १ सय ८९ र भक्तपुरमा १ सय २८ जना छन् । योसँगै देशभर संक्रमितको संख्या ७ लाख ८० हजार ९ सय ७ पुगेको छ ।
यस्तै शनिबार थप १९ जनाको संक्रमणबाट मुत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७ सय २२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ६७ हजार २ सय ७० पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३२ रहेको छ । जसमध्ये ३२ हजार होम आइसोलेसन, ३४ सय संस्थागत आइसोलेसन, ७ सय भन्दा धेरै आईसीयू र १ सय ६९ जना भेन्टिलेटरमा छन् ।
देशभर पूर्ण खोप लगाउनेको संख्या २३ लाख ५९ हजार ७ सय ९३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्