
चितवन । पौडी खेल्ने क्रममा नारायणी नदीमा डुबेर जिल्लामा एक जनाको मृत्यु भएको छ ।
पौडी खेल्दा डुबेर भरतपुर महानगरपालिका–१० बस्ने २७ वर्षीय रञ्जन आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भरतपुर महानगरपालिका–१ देवघाट स्थित नारायणी नदिमा पौडी खेलेका आचार्य नदीमा डुबेपछि उनका साथीहरूले तत्काल उद्दार गरेरका थिए ।
उद्दारपछि उपचारको लागि पुरानो मेडिकल कलेज पठाइएकोमा ४ बजेर १५ मिनेटमा चिकित्सकले आाचार्यलाई मृत घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्