१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धरहरामा ‘नेपाल मास्क अभियान’


0
Shares

काठमाडौं । नेपाल मास्क अभियानको लोगो धरहरामा देखाइएको छ । शनिबारदेखि सुरु भएको अभियानको लोगो र नारालाई धरहरामा प्रोजेक्सन गरिएको हो ।

लाइटद्वारा प्रोजेक्सन गरिएको सन्देशमा भनिएको छ, ‘नेपाल मास्क अभियान, म जिम्मेवार नेपाली ।’ धरहराको पुनर्निर्माण भएपछि पहिलोपटक स्वास्थ्य मन्त्रालयले अभियानको प्राजेक्सन गरेको हो ।

युएईको बुर्ज खलिफामा पनि विभिन्न देशका विशेष दिनको अवसरमा देशका झण्डा र सेलिब्रेटीक तस्वीर देखाइने गरिन्छ । गतवर्ष गणतन्त्र दिवसको दिन बुर्ज खलिफामा नेपालको झण्डा प्रदर्शन गरिएको थियो ।

सरकारले शनिबारदेखि साउन २९ गतेसम्म ‘नेपाल मास्क अभियान’ सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता‚ मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ अभियान सुरु गरेको हो ।

अभियानमा कोरोना रोकथाम तथा निन्त्रणमा नागरिकलाई जिम्मेवार बनाउने‚ मास्क प्रयोगको महत्त्व बझाउने राष्ट्रिय स्वास्थ्य शिक्षा‚ सूचना तथा सञ्चाल केन्द्रकी निर्देशक डा. राधिका थपलियाले बताउनुभयो ।

अभियानका लागि ‘म पनि मास्क लगाउँछु‚ अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु’, ‘म जिम्मेवार नेपाली’ लगायतका नारा तय गरिएको छ ।