७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


आज प्रदेश १ र बाग्मती प्रदेशका केही स्थानमा ठुलो पानी पर्ने


0
Shares

काठमाडौं । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ र बाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित ठुलो वर्षाको सम्भावना रहेको छ। अहिले बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

काठमाडौं उपत्यकामा पनि आज सामान्य बदली रही मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

काठमाडौंको आज बिहानको न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम ३० देखि ३२ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

आज बिहान सूर्योदय ५ बजेर ३१ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४८ मिनेटमा हुनेछ ।