२ चैत्र २०८१, शनिबार | Sun Mar 16 2025


सरकारको न्युनतम साझा कार्यक्रम आज सार्वजनिक गरिने, सरकार संचालनको कार्यविधि समेत तय


0
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गरिँदै छ ।

गठबन्धनका शीर्ष नेताको सहभागितामा आज साँझ ४ बजे सिंहदरबारमा प्रतिवेदन सार्वजनिक गर्न लागिएको हो । हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आज प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो ।

कार्यदलले गत शुक्रबार उक्त कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको थियो । संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ ।