१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दुग्ध उत्पादक किसानलाई १५ करोड अनुदान


0
Shares

काठमाडौं । बाग्मती प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई १५ करोड रुपैयाँ बढी अनुदान बाँडेको छ । प्रतिलिटिर २ रुपैयाँ अनुदान दिने कार्यक्रम अन्तर्गत १५ करोड १५ लाख रुपैयाँ वितरण गरिएको हो ।

प्रदेश सरकार अन्तर्गतको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका अनुसार गत आर्थिक वर्षमा ४ हजार ५ सय किसानलाई अनुदान उपलब्ध गराइएको हो । अघिल्लो आर्थिक वर्षमा प्रति लिटिर एक रुपैयाँका दरले ८ करोड रुपैयाँ अनुदान दिइएको थियो ।