
एजेन्सी । अफगानिस्तानका थप तीन वटा प्रान्तीय राजधानी शहर तालिवान विद्रोहीको कब्जामा परेकाे छ । यसअघि सेवरगान र जरागं शहर कब्जामा लिएको तालीवान बिद्रोहीले हिजो थप तीनवटा प्रान्तीय राजधानीमाथि कब्जा जमाएको हो ।
विद्रोहीले सामरिक महत्वको कुन्दुजसहित सार–ए–पल र तालोकान शहर पुर्णरुपमा आफनो कब्जामा पारेका छन् । यो सँगै पछिल्लो समय तालीवानी बिद्रोहीले अफगानिस्तानको ५ वटा प्रान्तीय शहर कब्जामा लिन सफल भएका छन् ।
विद्रोहीको नियन्त्रणमा पुगेका शहरका बासिन्दाहरु धमाधम पलायन हुन थालेका छन् । अफगान सेनाले अमेरिकी बमबर्षक बिमानबाट तालीवानको पकड रहेको शेबरघानमा हवाइ हमला गरेको छ । सोही क्रममा २ सय लडाकु मारिएको अफगानिस्तानको रक्षा मन्त्रालयले पुष्टी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्