
काठमाडौं । नेपालका पहिलो सिनेमेटोग्राफर बखत बहादुर चित्रकारको ९१ वर्षको उमेरमा हिजो निधन भएको छ । चित्रकार विगत केही समयदेखि निमोनिय रोगबाट ग्रस्त हुनुहुन्थ्यो ।
ललितपुरको दिर्घायु अस्पतालमा एक साता उपचार गराएपछि निको भएर उहाँ हिजोमात्रै पुतलीसडकस्थित निवास फर्कीनुभएको थियो । हिजै दिउसो उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
भारतको बम्बईबाट छायाँकान सम्बन्धी तालिम लिनुभएका चित्रकारले ‘एक झलक’ भन्ने हिन्दी चलचित्र पनि खिच्नुभएको थियो । नेपालमा भने उहाँले वृत्तचित्रहरु छायांकनमा बढी योगदान गर्नुभएको छ । उहाँ चित्रकार समाजको प्रथम अध्यक्ष हुनुहुन्थ्यो । उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्