
डम्मर बुढा मगर,
बागलुङ । बागलुङको गलकोटमा बोलेरो पिकअप दुर्घटना हुदाँ ६ जना घाईते भएका छन् । आइतबार राति बागलुङदेखि गलकोट तर्फ गइरहेको ग २ च ९२४६ नम्बरको बोलेर पिकअप दुर्घटना हुदाँ चालक सहित ६ जना घाईते भएको प्रहरी चौकी हटियाले जनाएको छ ।
घाईते हुनेमा बरेङ गाँउपालिका ५ का २० वर्षिय चालक यादव खत्री, गलकोट नगरपालिका ६ जामुडाँडा निवासी २३ वर्षीय कृष्ण विक, सोही ठाँउका २१ वर्षीय केशव नेपाली, २० वर्षिय गणेश नेपाली, २३ वर्षिय सुजन नेपाली र १९ वर्षीय जीवन नेपाली रहेको ट्राफिक प्रहरी जवान थम नारायण ढकालले जानकारी दिनुभयो ।
घाईते ६ जनाको हटिया स्थित ईमरजेन्सी पोलिक्लिीनिक प्रालिमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घाईते केशव नेपाली र सुजन नेपालीलाई थप उपचारको लागि पोखरा पठाउने तयारी भएको र अन्यको अवस्था समान्य रहेको ढकालले जानकारी दिनुभयो ।
पिकअप दुर्घटना हुदाँ सडकबाट करिब २ सय ५० मिटर तल झरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्