१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक आज बस्दै


0
Shares

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्दैछ । ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बिहान ११ बजे स्थायी कमिटी र अपरान्ह ३ बजे केन्द्रीय कमिटी बैठक बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

दशौं महाधिवेशन गर्न आवश्यक तयारीका लागि भन्दै एमालेले बैठक बोलाएको हो । एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भिन्नाभिन्नै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक गर्दै आएका छन् ।

दुबै तर्फका नेताहरूले आन्तरिक एकताको पहल भइरहेको बताए पनि ठोस सहमति हुन सकेको छैन । यसअघि कार्यदलबीच भएको १० बुँदे सहमतिलाई नेता नेपालले स्वीकार गर्नुभएको छैन ।

पछिल्लो सयम नेपालले पार्टीमा आफ्नो पनि हस्ताक्षर चल्नुपर्ने र अध्यक्ष केपी ओलीकै जति अधिकार आफुलाई पनि चाहिने शर्त राख्नुभएको छ । तर अध्यक्ष ओली भने नेपालको यो शर्त मान्न तयार हुनुहुन्न ।