१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाली सेनाका प्रधानसेनापतिमा प्रभुराम शर्मा


0
Shares

काठमाडौं । आगामी भदौ २४ गतेदेखि अवकाश लिन लाग्नु भएका नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आजदेखि एक महिना बिदामा बस्दै हुनुहुन्छ ।

अवकाशको मिति भन्दा एक महिना अघि घर विदा बस्ने प्रचलन अनुसार उहाँ विदा बस्न लाग्नुभएको हो । भोलिदेखि नेपाली सेनाको नेतृत्व कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले गर्नुहुने छ ।

राष्ट्रपति बिद्यादेबी भण्डारीले २६ साउनदेखि लागु हुनेगरी कायममुकायम प्रधानसेनापति तोकिसक्नु भएको छ ।

गत साउन १२ गतेको मन्त्री परिषद बैठकले शर्मालाई प्रधानसेनापति नियुक्त गर्नेगरी कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने गरेको निर्णय गरेको थियो ।