७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


संस्थापनइतरका कांग्रेस जिल्ला सभापतिहरुको भेला सुरु


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतरका जिल्ला सभापतिहरुको भेला केहीबेरमा सुरु भएकाे छ ।

क्रियाशील विवादका कारण कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित भएपछि डाकिएको संस्थापनइतरका जिल्ला सभापतिहरुको भेला काठमाडौंको ठमेलमा सुरु भएकाे सिन्धुपाल्चोकका कांग्रेस जिल्ला सभापति विकास लामाले जानकारी दिनुभयो ।

भेलाले संस्थापनइतरबाट एउटै उम्मेदवार हुनुपर्ने, अधिवेशनको सुनिश्चितता गर्नुपर्ने, क्रियाशील सदस्यहरुको विवरण तुरुन्त सार्वजनिक गरेर जिल्ला पठाउनुपर्ने, क्रियाशीलमा धाँधली भएको भए सच्याउन समय दिनुपर्ने जस्ता विषयमा छलफल गरि दबाब दिने उद्देश्यले भेला डाकिएको सभापति लामाले जानकारी दिनुभयो । ‘कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित हुँदै गएको छ, महाधिवेशन समयमै गर्नका लागि दबाब दिने हाम्रो मुख्य उद्देश्य हो’, लामाले भन्नुभयो ।

महाधिवेशन आउन तीन हप्ता अघि राखिएको सभापतिहरुको भेलालई अर्थपूर्ण रुपमा लिइएको । भेलामा महाधिवेशन नहुँदा पार्टीलाई आउने संवैधानिक संकट र त्यसलाई कसरी व्यवस्थापन गर्ने विषमा पनि छलफल हुने बताइएको छ ।

आज जिल्ला सभापतिहरुको भेलापछि भोलि (२६) गते संस्थापनइतरका शीर्ष नेतालाई भेट्ने कार्यक्रम जिल्ला सभापतिहरुको छ । ‘सबै नेतालाई एकै ठाउँमा राखेर एकमात्र उम्मेदवार हुन हामी दबाब दिन्छौं’ लामाले भन्नुभयो, ‘त्यसपछि संस्थापन पक्षलाई महाधिवेशनको सुनिश्चितता गर्न दबाब दिनेछौं ।’