३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


आजबाट गुँला पर्व सुरु, स्वयम्भू महाचैत्यमा विशेष मेला लाग्ने


0
Shares

काठमाडौ । उपत्यकासहित देशभरका नेवार समुदायले आजदेखि गुँला पर्व मनाउँदैछन् । चन्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना धर्म, कर्म र राम्रो आचरण गरी यो पर्व मनाउने गरिन्छ । नेपाल संबत अनुसार दशौँ महिनालाई गुँला भन्ने गरिन्छ ।

यो महिनामा क्षमता अनुसार दान दिने गरिन्छ । गुंँला पर्वभर स्वयम्भू महाचैत्यमा विशेष मेला लाग्ने गरेकोमा यस वर्ष पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले भक्तजनहरुलाई चैत्य क्षेत्रमा प्रवेश गर्न निषेध गरिएको छ ।

सामान्य अवस्थामा यो पर्व अवधिभर उपत्यकाका विभिन्न भागबाट भक्तजनहरु गुँला बाजा बजाउँदै स्वयम्भू पुग्ने गर्दछन् ।