
कञ्चनपुर । कञ्चनपुरमा छाडा चौपायाका कारण सडक दूर्घटना बढ्न थालेपछि गाई–गोरुका घाँटीमा रिफ्लेक्टिभ स्टिकर लगाउन सुरु गरिएको छ ।
रातिको समयमा गाई बस्तुहरु बीच सडकमै सुत्ने र तीव्र गतिमा आएका सवारीहरु अनियन्त्रित भई दुर्घटना हुने गरेका कारण गाई–गोरुको घाँटीमा रिफ्लेक्टिभ स्टिकर लगाउन सुरु गरिएको हो ।
पशु चौपायाको घाँटीमा रिफ्लेक्टिभ स्टिकर लगाउँदा रातीमा टाढैबाट चम्किने हुँदा सडक दूर्घटनामा कमि आउने जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्ला ट्राफिक कार्यालयले ८ सय ९८ वटा पशुचौपायामा रिफ्लेक्टिभ स्टिकर लगाईसकेको जनाएको छ । छाडा चौपायाको व्यवस्थापन हुन नसक्दा सडक दूर्घटनाका घटना वर्षेनी बढ्दै गइरहेका छन । गत आर्थिक वर्षमा चौपायका कारण ९७ वटा सवारी दूर्घटना भएको थियो भने ३३ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्