
तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले सरकारी बिद्यालयलाई टेलिभिजन बितरण गरेको छ । बालबालिकाको गुणस्तरीय र बालमैत्री शिक्षाका लागित भन्दै गाउँपालिकाले १४ वटा बिद्यालयलाई टेलिभिजन दिएको हो ।
गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले सरकारी बिद्यालयहरुमा शैक्षिक गुणस्तर घट्दै गएको गुनासो बढेपछि एक बिद्यालय एक टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने गरी बिद्यालयहरुमा टेलिभिजन दिइएको बताउनुभयो ।
सो गाउँपालिकामा ३३ वटा आधाभुत बिद्यालय रहेको र बाँकी विद्यालयलाई अर्को चरणमा टेलिभिजन दिइने पनि अध्यक्ष तिगेलाले बताउनुभयो । बालबालिकालाई पृथक तरिकारले मनोरञ्जन र ज्ञान दिन सके बिद्यार्थीहरु आकर्षित हुने गाउँपालिकाको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्