२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पार्टीविहीन महन्थ ठाकुर समूहले नवलपरासी र बर्दियामा कार्यकर्ता भेला गर्दै


0
Shares

काठमाडौं । पार्टीवीहिन महन्थ ठाकुरले दुई वटा जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ।

आज बर्दिया र नवलपरासीमा ठाकुर पक्षले अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको हो ।

नवलपरासीमा राजेन्द्र महतो, सर्वेन्द्र नाथ शुक्ल, मुकेश झा र बर्दियामा एकबाल अहमद , सुनिल रोहितले भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ।

निर्वाचन आयोगले जसपा पार्टीको आधिकारिकता उपेन्द्र यादवलाई दिएपछि ठाकुरपक्षले विभिन्न जिल्लाका कार्यकताहरुसँगको भेटलाई तीव्रता दिइरहेको छ ।